२५ माघ, बैतडी । बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।
गाडीमा चालक दोगडाकेदार-५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4