+
+
Shares

‘तल्लो जात’ भन्ने शब्द बोलेपछि संसद्‌मा नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १३:४८

१ फागुन, काठमाडौं । ‘तल्लो जात’ भन्ने शब्दलाई लिएर राष्ट्रिय सभामा नियमापत्ति भएको छ ।

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले शुक्रबारको सभामा बोल्ने क्रममा यो शब्द प्रयोग गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘…तल्लो जातको भनेर जस्तो त्यहाँ डुम भन्ने हुन्छ । दुसाद भन्ने हुन्छ । चमार भन्ने हुन्छ । त्यो खालको समुदायमा एकदमै उत्पीडन छ ।’

मधेश प्रदेशमा पछाडि परेका समुदाय र त्यसमा पनि महिला अझ धेरै उत्पिडमा रहेको भनेर व्याख्या गर्ने क्रममा अर्यालले ‘तल्लो जात’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।

तर, यो शब्दले दलित समुदायको अपमान गर्ने भनेर अर्का सांसद पदम परियारले नियमापत्ति गरेका हुन् ।

नेपालमा ६० लाख भन्दा बढी दलित समुदाय रहेको उल्लेख गर्दै उनले उनीहरूको अपमान गर्ने शब्द प्रयोग गर्न नपाइने बताए ।

नेपालको संविधानमा नेपालमा कुनै पनि जातजाति तल्लो वा माथिल्लो, उच्च वा निच भन्ने नरहेको भनेर उनले नियमापत्ति गरेका हुन् ।

सांसद परियारले अर्यालले प्रयोग गरेको शब्दलाई संसदीय रेकर्डबाट हटाउन माग गरे ।

जवाफमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नियमापत्तिको सन्दर्भमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?