+
+
Shares

कांग्रेस प्रवेश गर्न जसपा नेपालका नेता मनिष मिश्रले पार्टी परित्याग गरे

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १५:२५

१ फागुन, काठमाडौं । जनता समाजवादी नेपालका नेता मनिष मिश्रले पार्टी परित्याग गरेका छन् । जसपा नेपालको केन्द्रीय समन्वय समितिका सदस्य रहेका मिश्रले शुक्रबार पार्टी त्याग गरेका हुन् ।

मिश्र लोसपा नेपालका पूर्व महासचिव समेत हुन् । जसपा नेपाल र लोसपा वीचमा पार्टी एकीकरण भएपछि मिश्र केन्द्रीय समन्वय समितिको सदस्य बनेका थिए ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेका मिश्रले अनलाइनखबरसँग भने, ‘भोलि ठूलो संख्यामा प्रवेश कांग्रेस प्रवेश गर्दैछौं । कांग्रेस सभापति गगन थापाजीसँग कुरा भएको छ ।’

शनिबार सर्लाही–४ मा कार्यक्रम राखेर मिश्रसहितका अन्य नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउन लागिएको छ ।

सर्लाही–४ मा कांग्रेस सभापति थापा उम्मेदवार छन् । उनी प्रचार प्रसारका लागि क्षेत्रमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?