१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।
कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार पत्रकार सम्मेलन आयोजना गरिने बताए ।
उनका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4