+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

६ फिल्म, जसले राजनीति नै बदलिदिए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपन्यासकार अरुन्धती रोयले बर्लिन फिल्म फेस्टिभलका जुरी अध्यक्ष विम वेन्डर्ससँग विचार नमिल्दा सहभागी नहुने निर्णय गरिन्।

के फिल्म फेस्टिभलहरू स्क्रिनिङ र रेड कार्पेटमा मात्र सीमित हुनुपर्छ ? के तिनले हामीलाई सोच्न बाध्य पार्नु पर्दैन ? उपन्यासकार अरुन्धती रोय पक्कै त्यस्तै सोच्छिन् । यहीकारण बर्लिन फिल्म फेस्टिभलका जुरी अध्यक्ष विम वेन्डर्ससँग विचार नमिल्दा उनले यो फेस्टिभलमा सहभागी नै नहुने निर्णय गरिन् ।

किनकि वेन्डर्स फिल्महरू राजनीतिबाट टाढा रहनुपर्छ भन्ने तर्क गर्छन् । तर, रोय वेन्डर्सको उक्त भनाइ विवेकसंगत नभएको ठान्छिन् । यथार्थमा पनि रोय सत्यको नजिक देखिन्छिन् । किनकि केही फिल्महरूले सामाजिक मुद्दाहरूमा जनमत मात्र बदलेका छैनन्, बरु प्रत्यक्ष रूपमा कानुन निर्माणमा समेत भूमिका खेलेका छन् । आज हामी राजनीति कोर्स नै परिवर्तन गरेका यस्तै केही फिल्महरूबारे चर्चा गर्दैछौँ

१.अ फ्यान्टास्टिक वुमन

सेबास्टियन लेलियोको सन् २०१७ को यो ड्रामा एक ट्रान्सजेन्डर महिलाको बारेमा थियो । यसमा आफ्नो मृत पार्टनरको परिवारबाट स्वीकार्यता पाउन संघर्ष गरिरहेकी महिलाको कथा देखाइएको छ ।

फिल्मले अन्तर्राष्ट्रिय रूपमा ठूलो सफलता पायो । ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्मको उपाधि जित्यो । तर यसको सबैभन्दा ठूलो प्रभाव भने यसैको छायांकनस्थल चिलीमा भयो ।

किनकि यो फिल्मले चिलीको राजनीतिक वातावरण बदल्यो । करिब पाँच वर्षदेखि संसदमा अड्किएको ‘लिङ्ग पहिचान कानुन’ पारित भयो । त्यसमा यो फिल्मको निकै ठूलो भूमिका रहेको छ ।

२‍.अ गर्ल इन द रिभर

सन् २०१६ मा शर्मिन ओबेद चिनोयले पाकिस्तानमा हुने अनर किलिङ्ग्स अर्थात् इज्जतका नाममा गरिने हत्या सम्बन्धी लघुवृत्तचित्र बनाइन् । त्यसका लागि उनले आफ्नो दोस्रो ओस्कार समेत जितेकी थिइन् ।

त्यस व्यक्तिगत सफलतासँगै यो लघुवित्तले पाकिस्तानमा इज्जतका नाममा हुने हत्यासम्बन्धी कानुन बदल्न भूमिका पनि खेल्यो । पाकिस्तानी सरकारले यस्ता हत्याहरूका लागि कडा सजायको व्यवस्था गर्ने र हत्यारालाई परिवारलाई माफीबाट उम्कन दिने कानुनी छिद्रहरू बन्द गर्ने कानुन पारित गर्‍यो ।

यस्तो कुरा नै एउटा सशक्त फिल्मको शक्ति भएको शर्मिनले बताउने गरेका छन् ।

३.अ ह्यान्डफुल अफ एश

यो वृत्तचित्र बनाउन निर्माता सारा अमीन र नबाज अहमदले १० वर्ष कुर्दिस्‍तानका सडकहरूमा बिताएका थिए । यसमा महिला र पुरुषहरूको यौनाङ्ग काट्ने कुप्रथाबारे देखाइएको छ । जुन धार्मिक विश्वासका आधारमा गर्ने गरिन्छ । तर, यसकारण धेरैले स्वास्थ्य समस्या भोग्छन् । कतिको त मृत्यु समेत हुन जान्छ ।

यसै विषयबारे बनाइएको वृत्तचित्रले संसदमा गहिरो प्रभाव पार्‍यो । र, सन् २०११ मा कुर्दिस्‍तानको संसदले यो प्रथालाई गैरकानूनी घोषणा गर्ने नै विधेयक पारित गर्‍यो ।

४.क्याथी कम होम

केन लोचको सन् १९६६ को यो फिल्ममा एउटी महिला कसरी गरिबीको खाडलमा भाँसिन्छिन् र घरबारविहीन हुन्छिन् भन्ने दर्दनाक कथा देखाइएको छ । उक्त समयमा अमेरिकामा समेत यस्ता महिलाहरूको संख्या अत्यधिक हुने गर्थ्यो ।

पछि यसकै प्रभावमा ‘क्राइसिस’ नामक परोपकारी संस्थाको स्थापना भयो । जसले घरबारविहीन महिलाहरूको हकअधिकारबारे लड्थ्यो । त्यस्तै १९७७ मा त ‘हाउसिङ एक्ट’ नै पारित भयो ।

त्यस विधेयकले क्याथीको जस्तै घरबारविहीन परिवारलाई पुन:स्थापना गर्ने अधिकार सुनिश्चित गरेको छ ।

५.साइलेन्स्ड

‘स्क्विड गेम’ बनाउनुअघि यसका निर्देशक ह्वाङ डोङ ह्युकले सन् २०११ मा दक्षिण कोरियाको ग्वान्ग्जु इन्ह्वा स्कूलमा बहिरा बालबालिकामाथि भएको यौन दुर्व्यवहारबारे वित्तचित्र बनाएका थिए, साइलेन्स्ड ।

त्यसले अपराधसँगसँगै त्यसपछिको सुस्त न्यायिक प्रक्रियालाई समेत चित्रण गरेको थियो । जसले आमजनतामा आक्रोश पैदा गर्‍यो । प्रतिफलस्वरुप कोरियाली राष्ट्रिय सभाले ‘डोगानी कानुन’ नै ल्यायो ।

त्यस कानुनले १३ वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू विरुद्धको यौन अपराधको हदम्याद हटाएको थियो ।

६.द स्नेक पिट

एनाटोल लिटवाकले फ्र्याङ्क काप्रासँग मिलेर धेरै फिल्महरू निर्देशन गरेका थिए । तर उनको सन् १९४८ को मनोवैज्ञानिक ड्रामा ‘द स्नेक पिट’ले जनमत नै परिवर्तन गर्‍यो । यसमा भर्जिनिया नामकी एक महिलाको कथा देखाइएको छ । ती पात्र मनोचिकित्सा अस्पतालमा हुन्छिन् तर आफू त्यहाँ कसरी पुगिन् भन्ने उनलाई सम्झना हुँदैन ।

‘स्नेक पिट’ले एउटा यस्तो कोठालाई जनाउँछ, जहाँ निको नहुने मानिएका बिरामीहरूलाई अलपत्र छोडिन्थ्यो । तर, यस फिल्मपछि अमेरिकाका धेरै राज्यहरूले मनोचिकित्सा अस्पतालहरूको अवस्था सुधार्न कानुन नै परिवर्तन गरेका थिए ।

गार्डियनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?