+
+
Shares

चुनावलाई कारण देखाउँदै ‘श्री बुकुरो’ र ‘बिगुल’ को प्रदर्शन रोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १९:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्माताले आसन्न चुनावलाई कारण देखाउँदै धमाधम प्रदर्शन स्थगित गर्न थालेका छन्।
  • ‘बिगुल’ र ‘श्री बुकुरो’ले चुनावपछिको उपयुक्त समयमा प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शन रोक्ने निर्णय गरेका छन्।

काठमाडौं । आसन्न चुनावलाई कारण देखाउँदै फिल्म निर्माताले धमाधम प्रदर्शन स्थगित गर्न थालेका छन् । मंगलबार एकैदिनमा प्रदर्शन भैरहेका दुई फिल्मले एकैसाथ प्रदर्शन रोकेका छन् ।

‘बिगुल’ र ‘श्री बुकुरो’ले चुनाव पछाडि मात्र प्रदर्शन मिति तोक्ने भन्दै चल्दाचल्दैको फिल्म रोक्ने निर्णय गरेका छन् । ‘बिगुल’ ले अर्को सूचना सार्वजनिक नभए सम्मलाई प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

‘श्री बुकुरो’ को वितरण कम्पनी ६ फागुनदेखि प्रदर्शन स्थगित हुने घोषणा गरेको छ । वितरण कम्पनी नेसनल सिने ग्रुप नेपालले यो फिल्म अब १८ बैशाखदेखि प्रदर्शन हुने जनाएको छ ।

यी दुबै फिल्मले प्रदर्शन स्थगित गर्नुको कारण भने चुनावको संवेदनशिलतालाई देखाएका छन् । ‘चुनावपछिको उपयुक्त समयमा प्रदर्शन गर्ने उद्देश्यसहित अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गरेका छौं’ वितरक दीपक दंगालले भने ।

दंगालका अनुसार कम्पनीको अर्को फिल्म ‘लालिमा’ पनि अब २९ फागुनदेखि रिलिज हुनेछ । उनले भनेजस्तै, अधिकांश फिल्म निर्माताले चुनावी माहोललाई छल्न खोजेजस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?