+
+
Shares

कालीगण्डकी किनारमा भेटिएको कंकालको अझै खुलेन पहिचान 

कालीगण्डकी नदी किनारमा १० दिन अघि फेला परेको मानव कंकालको पहिचान अझै खुल्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १२:३७

६ फागुन, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ अन्तर्गत कालीगण्डकी नदी किनारमा १० दिन अघि फेला परेको मानव कंकालको पहिचान अझै खुल्न सकेको छैन ।

गत २६ माघमा घुमाउने भन्ने स्थानमा ढुंगाको कपेरोमा मानव कंकाल देखिएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी का प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए ।

घटनास्थल नजिकै छिमेकी जिल्ला बाग्लुङ, पर्वत र स्याङजा पर्ने भएकाले पहिचान गर्न थप कठिनाइ भएको बताइएको छ । छिमेकी जिल्लाहरूमा पनि कंकाल पहिचानका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?