+
+
Shares

काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १३:४७

६ फागुन, काठमाडौं । उत्कृष्ट काम गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे छन् ।

काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै एसपी भट्टराई र डीएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको एआईजी ईश्वर कार्कीले बताए । काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा रेकर्डमा जनिने गरी उनीहरुलाई पुरस्कृत गरिएको छ ।

त्यस्तैगरी, प्रहरी वृत्त सिंहदरबारलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै डीएसपी घिमिरेलाई पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?