+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु   

गैंडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो । 

रासस रासस
२०८२ फागुन ३ गते १३:११

३ फागुन, नवलपुर  । नवलपुरको गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो ।

स्कुटरले ठक्कर दिँदा घाइते भएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैंडाकोट–८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?