+
+
Shares

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १०:२३

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ ।

धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।

दिउँसो १ बजेबाट सुरू हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ ।

प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र सभापति थापाले प्रश्नको जवाफ दिने व्यवस्था गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका प्रतिज्ञापत्रमार्फत् सार्वजनिक गरेको छ । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको विभिन्न सञ्चार माध्यमहरूले पनि प्रत्यक्ष प्रसारण गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?