६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृतमा जानकारी दिन कांग्रेसले बिहीबा खुला प्रश्नोत्तर गर्ने भएको हो । बिहिबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुनेछन् ।
प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै सभापति थापाबाटै जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
‘ठुलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराइनेछ,’ उनले भने । प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
प्रतिक्रिया 4