+
+
Shares

अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १८:०२

३ फागुन, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् ।

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले आगामी पाँच वर्षमा जनभावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताएका हुन् ।

‘अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन्,’ उनले भने, ‘युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।’

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताए ।

जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले अब आनाकानी गर्ने छुट नभएको बताए । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताए । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?