+
+
Shares

हराएका ५२ वटा दुई पांग्रे सवारी फेला पारेर धनीलाई बुझाइयो

हराएका ५२ वटा दुई पांग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १२:४०

७ फागुन, काठमाडौं । हराएका ५२ वटा दुई पांग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक एसएसपी नवराज अधिकारीले बताए ।

चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले ३३९ थान स्कटर, मोटरसाइकल फेला पारी धनीलाई बुझाएको छ ।

चोरी भएको भन्दै १ हजार ५३१ थान निवेदन ट्राफिक प्रहरीकोमा आएका थिए । जसमध्ये अझै ठूलो संख्यामा सवारीहरु फेला पर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?