+
+
Shares

ओलीको दाबी- हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन्।
  • ओलीले भने, 'देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन।'
  • उनीहरूले निर्माणको पक्षमा रहेको र विचारहीन तथा दिशाहीन स्टन्टबाट टाढा रहेको दाबी गरेका छन्।

७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् ।

भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको भनाइ छ ।

‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,’ ओलीले भनेका छन् ।

आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको उनले बताए ।

‘हामी निर्माणको पक्षमा छौं । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौं,’ ओलीले सम्बोधनको क्रममा भने ।

उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरे ।

‘हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?