७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध रुपमा भएको आरोप लगाएका छन् ।
जेनजी आन्दोलनलाई राष्ट्रका विरुद्ध भएको महाअपराध बताउँदै ओलीले त्यसको अनुहार छोप्न घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएको पनि बताए ।
‘एकचोटी दोहोर्याएर भन्छु, भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन । नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो,’ ओलीले भनेका छन्, ‘राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन ।’
साथै, उनले पछिल्लो समय पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्वको रुपमा उनले अर्थ लगाएका छन् ।
‘मित्रहरू! फेरि अर्को भ्रम हाम्रो सामु चर्चा गरिंदैछ– पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व ! म आज स्पष्ट शब्दमा भन्न चाहन्छु– यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, र द्वन्द्वले बन्दैन पनि,’ ओलीले भनेका छन् ।
साथै, उनले देश बनाउनका लागि युवाको ऊर्जा चाहिने पनि बताए ।
‘देश बनाउनको लागि युवाको ऊर्जा चाहिन्छ — त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ,’ ओलीको भनेका छन्, ‘तर सँगसँगै, अनुभवी पुस्ताको दृष्टि (ख्ष्कष्यल० पनि चाहिन्छ — त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ ।’
प्रतिक्रिया 4