+
+
Shares

जस्तोसुकै रोग लागोस् नि:शुल्क उपचारको व्यवस्था मिलाउँछौं : नेपाली कांग्रेस

नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:३१

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको बताएका छन् ।

बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले नयाँ योजनाबारे सुनाएका हुन् ।

‘हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ । अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले सोचेका छौँ,’ उनले भने, ‘कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौं । यसको लागि स्रोत के- एकीकृत प्रणाली चाहिन्छ । जनशक्ति अहिले नै तयार पार्नुपर्छ ।’

उनले अस्पताल भनेको ठूलाठूला भवनमात्रै नभएको भन्दै भएकोलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताए ।

‘स्वास्थ्यको पुर्वधार कसरी तयार पार्ने, खर्च कसरी घटाउने, स्वास्थ्य जनशक्तिलाई कसरी नेपालमै खटाउने, बुढाबुढी र बालबालिकाले घरमै सेवा पाउने भन्नेमा हामीले स्पष्ट पारेका छौँ,’ उनले भने, ‘नेपालमा फ्रि हेल्थ केयर सम्भव छ । यसमा सोचेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?