News Summary
Generated by OK AI. Editorially reviewed.- जावलाखेल युथ क्लबले पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
- उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेलले फाइनलमा स्थान पक्का गरेको हो।
- फाइनल खेल आउँदो शनिबार दिउँसो २ बजे सहारा क्लब पोखरासँग हुनेछ र विजेताले १४ लाख रुपैयाँ पाउनेछन्।
६ फागुन, काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेलले फाइनलमा स्थान पक्का गरेको हो ।
आभा एफसीका खुशान गानिजानोभले गरेको आत्मघाती गोल निर्णायक बन्यो । खेलको ५१औं मिनेटमा जावलाखेलका धर्मेन्द्र कुँवरले गरेको क्रस रोक्ने क्रममा आभा एफसीका खुशानले हानेको बल आफ्नै गोलपोष्टमा गएको थियो ।
उपाधिका लागि आउलाखेलले आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ । उक्त खेल आउँदो शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।
गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4