+

आयोजक सहारा १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

२०८२ फागुन  ६ गते १८:२० २०८२ फागुन ६ गते १८:२०
आयोजक सहारा १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहारा क्लबले १२ वर्षपछि २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
  • पहिलो सेमिफाइनलमा सहाराले मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा हराएको हो।
  • दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसी र जावलाखेल युथ क्लब बिहीबार भिड्नेछन् र फाइनल शनिबार हुनेछ।

६ फागुन, काठमाडौं । आयोजक सहारा क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलको सडनडेथमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै आयोजक टोलीले १२ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टी सुटआउटमा सुरुआती पाँच पेनाल्टी प्रहार गर्दा दुवैतर्फ बराबरी भएपछि सडनडेथमा पुगेको थियो । सडनडेथमा सहाराका कप्तान शुशिल लामाले गोल गर्दा मनाङका कप्तान सविन खड्काको प्रहार असफल भयो । उनको प्रहारलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले विफल बनाइदिए ।

अब दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसी र जावलाखेल युथ क्लब बिहीबार भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।

गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

२५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय