+

आईसीसी वरियता : इटलीका बेन मानेन्ती १६० स्थान फड्को मार्दै २१औं स्थानमा

२०८२ फागुन  ६ गते १४:२३ २०८२ फागुन ६ गते १४:२३
आईसीसी वरियता : इटलीका बेन मानेन्ती १६० स्थान फड्को मार्दै २१औं स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटलीका अलराउन्डर बेन मानेन्ती आईसीसी टी-२०आई अलराउन्डर वरियतामा २१औं स्थानमा उक्लिएका छन् ।
  • मानेन्तीले टी-२० विश्वकपमा नेपाल र स्कटल्यान्डविरुद्ध अर्धशतक बनाएर ३ खेलमा ११२ रन बनाएका छन्।
  • उनले ब्याटिङमा ४८ स्थान सुधार गरी ८६औं रेटिङमा पुगेका छन् र बलिङमा ३ विकेट लिए।

६ फागुन, मुम्बई । इटलीका अलराउन्डर बेन मानेन्ती आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एकैपटक ठूलो छलाङ प्राप्त गरेका छन् ।

बेन मानेन्ती १६० स्थान सुधार गर्दै २१औं स्थानमा आइपुगेका छन् । उनको १४८ रेटिङ अंक छ ।

टी-२० विश्वकपमा इटलीका लागि शानदार प्रदर्शन गरेका मानेन्तीले नेपालविरुद्धको जितमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले नेपाल र स्कटल्यान्डविरुद्ध अर्धशतक बनाए ।

मानेन्तीले ३ खेलमा २ अर्धशतकसहित ११२ रन बनाएका छन् । उनले इंग्ल्यान्डविरुद्ध २५ बलमै ६० रनको इनिङ खेलेर इटलीलाई जितको सम्भावनामा राखेका थिए ।

ब्याटिङमा पनि मानेन्ती ४८ स्थान सुधार गर्दै ८६औं स्थानमा पुगेका छन् । मानेन्तीले बलिङमा ३ विकेट पनि लिए ।

वरियतामा आफूभन्दा माथिल्लो स्थानमा रहेको टोलीविरुद्ध शानदार प्रदर्शन गरेकाले मानेन्तीले धेरै अंक जोडेका हुन् ।

इटलीकै ग्रान्ट स्टेवार्ट पनि ७० स्थान सुधार गरेर अलराउन्डर वरियताको ८८औं स्थानमा पुगेका छन् ।

इटली क्रिकेट बेन मानेन्ती

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय