News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ समूह 'डी' मा यूएईलाई ६ विकेटले हराउँदै शतप्रतिशत जित कायम राखेको छ।
- दक्षिण अफ्रिकाले १३.२ ओभरमा ४ विकेट गुमाएर १२३ रनको लक्ष्य पूरा गरेको थियो।
- यस समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन्।
६ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा दक्षिण अफ्रिकाले शतप्रतिशत जित हासिल गरेको छ ।
बुधबार दिल्लीमा भएको खेलमा यूएईलाई हराउँदै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायमै राखेर सुपर ८ खेल्ने भएको हो । दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले पराजित गर्यो ।
यूएईले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । डेवाल्ड ब्रेभिसले सर्वाधिक ३६ रन बनाए भने रायन रिकेल्टनले ३०, कप्तान एइडेन मार्क्रमले २८ तथा क्विन्टन डिककले १४ रन बनाए ।
यूएईका हेदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । अलिशान सराफुले सर्वाधिक ४५ रन बनाए । कप्तान मुहम्मद वासीमले २२ रन तथा आर्यंश शर्माले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले ३, एनरिच नोर्त्जेले २ तथा जर्ज लिन्डेले १ विकेट लिए ।
दक्षिण अफ्रिकाले यसअघि अफगानिस्तान, क्यानडा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । यूएईले क्यानडालाई पराजित गरेको थियो ।
यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन् ।
प्रतिक्रिया 4