+
+
Shares

ट्राफिक प्रहरीले चोरी भएका ५३ मोटरसाइकल खोजेर धनीलाई बुझायो

ट्राफिक प्रहरी कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते २०:४३

७ फागुन, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको  हो ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्रसिंह गुरुङले भेटिएका सवारीसाधन अधिकांश उपत्यका वरिपरिका जिल्लामा प्रयोग हुने गरेका थिए ।

चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको उनले बताए ।

कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?