+
+
Shares

मुस्ताङ पुगेर प्रधानमन्त्री खुसी, भनिन्- महिलाले हाँकेको जिल्ला रहेछ

आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्की खुसी भइन् । सामान्य भलाकुसारीपछि उनले भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:४१

८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङको भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी(सीडीओ) अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामासहितको टोली पुगेको थियो ।

आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्की खुसी भइन् । सामान्य भलाकुसारीपछि उनले भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।’

त्यसपछि प्रधानमन्त्री कार्कीले नै प्रेमपूर्वक ‘फोटो खिचौँ’ भनेर सीडीओ शर्मा र डीएसपी लामालाई आग्रह गरिन् । प्रधानमन्त्रीकै आग्रहमा देशको महिला प्रधानमन्त्री कार्कीसँग जिल्लाको प्रशासन र प्रहरीको नेतृत्व गरिरहेका महिला सीडीओ शर्मा र डीएसपी लामाको एकै फ्रेममा तस्वीर खिचिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

प्रधानमन्त्रीको प्रेमिल व्यवहारप्रति दुवैजना पनि खुसी देखिइन् । सीडीओ शर्माले प्रधानमन्त्रीको उत्प्रेरणाले निर्वाचन सम्पन्न गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।

शुक्रबारै प्रधानमन्त्री कार्कीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । यस्तै जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा कार्यक्रममा पनि सहभागी भइन् । जहाँ उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन् ।

‘प्रधानमन्त्री ज्युले निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला भनेर जानुभयो,’ सीडीओ शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?