+
+
Shares

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:४०

८ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?