+
+
Shares

कांग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:३९

८ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले अनुशासन कार्यविधि-२०८२ पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको हो ।

बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा समेत छलफल भएको पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?