+
+
Shares

सिरहाको हरकट्टी र कुन्डलपुरमा मतदान केन्द्र माग

सिरहाको औरही गाउँपालिका–१ को हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान केन्द्र माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २१:२१

८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–१ को हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान केन्द्र माग गरेका छन् ।

उनीहरूले गाउँमै मतदान केन्द्र नभए आसन्न प्रतिनिधिसभा निर्वाचन नै बहिष्कार गर्ने चेतावनी पनि दिएका हुन् ।

यहाँका मतदाताका लागि दरहियामा मतदान केन्द्र तोकिएको छ । केन्द्र टाढा पर्ने भएपछि स्थानीय अगुवाको पहलमा जिल्ला निर्वाचन कार्यालय, सिरहाले हरकट्टीस्थित आधारभूत विद्यालयमा थप मतदान केन्द्र स्वीकृत गरेको थियो ।

तर वडाध्यक्ष सुरैतलाल ठाकुरसहित चार जना वडा सदस्यले उक्त निर्णयविरुद्ध उच्च अदालत राजविराजमा रिट दायर गरेपछि अदालतले तत्काल यथास्थितिमा राख्न आदेश जारी गरेको छ ।

अदालतको आदेशपछि हरकट्टीमा मतदान केन्द्र कायम नहुने अन्योल बढेको छ । यसप्रति आक्रोश व्यक्त गर्दै स्थानीयले शुक्रबार वडा कार्यालयको गेटमा दुई घण्टा धर्ना दिएका छन्।

स्थानीयका अनुसार हरकट्टी र कुन्डलपुरमा कुल १ हजार १ सय ५४ मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?