+
+
Shares

एमटीभी ‘स्प्लिट्सभिला ७’ का प्रतियोगी मयंक पवारको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमटीभी 'स्प्लिट्सभिला' ७ का प्रतियोगी मयंक पवारको ३७ वर्षको उमेरमा निधन भएको छ।
  • उनको निधनको खबर आधिकारिक इन्स्टाग्राम खाताबाट पुष्टि गरिएको छ र फेब्रुअरी २५ मा प्रार्थना सभा आयोजना गरिने छ।
  • स्प्लिट्सभिला ७ मा उनको शान्त स्वभाव र इमानदारीले सबैको मन जितेको थियो र होस्ट सन्नी लियोनीले उनलाई भावुक हुँदै विदा गरेकी थिइन्।

मुम्बई । एमटीभी ‘स्प्लिट्सभिला’ ७ का प्रतियोगी मयंक पवारको ३७ वर्षको उमेरमा निधन भएको छ । यो खबर उनको आधिकारिक इन्स्टाग्राम खातामार्फत पुष्टि गरिएको थियो, जसले फ्यान र शुभेच्छुकलाई स्तब्ध बनाएको छ ।

जारी वक्तव्यमा उनलाई ‘एक भाइ, एक च्याम्पियन, एक मार्गदर्शक र धेरैका लागि प्रेरणा’ भनेर वर्णन गरिएको छ । साथै, उनलाई चिनेका र प्रशंसा गर्ने सबैका हृदयमा सधैं जीवित रहने उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘एक भाइ, एक च्याम्पियन, एक मार्गदर्शक र धेरैका लागि प्रेरणा । मयंक पवार सधैं हाम्रो हृदयमा रहनेछन् । कृपया प्रार्थना र स्मरणमा सहभागी हुनुहोस् । ओम शान्ति ।’

उनको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन । पवारको स्मरणमा फेब्रुअरी २५, २०२६ मा साँझ ५ बजेदेखि ६ बजेसम्म प्रार्थना सभा आयोजना गरिने भएको छ ।

यो कार्यक्रम नयाँ दिल्लीको राणा प्रताप बागस्थित संगम पार्कको वाल्मीकि मन्दिरमा हुने बताइएको छ । पवारको निधनको खबरले धेरैलाई स्तब्ध बनाएको छ । पोस्टको कमेन्ट सेक्सन अविश्वास र श्रद्धाञ्जलीका सन्देशले भरिएको देखिएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘केही दिनअघि मात्रै मैले उनको स्प्लिट्सभिला ७ को यात्रा हेरिरहेको थिएँ । विश्वास नै गर्न गाह्रो भयो । पुरा सिजनहरूमा उनीजस्तो शुद्ध मन भएको व्यक्ति देखिनँ । उनी एलिमिनेट हुँदा सन्नी लियोनसहित सबै रोएका थिए । उनको आत्माले शान्ति पाओस् ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, “हामीले एक सच्चा रत्न गुमायौं… भाइ, तिमी सधैं हाम्रो मनमा रहनेछौ । रेस्ट इन पीस ।’

पवारले पहिलो पटक राष्ट्रिय स्तरमा चर्चा पाएका थिए स्प्लिट्सभिला ७ मार्फत । शोमा उनको शान्त स्वभाव र संयमित व्यक्तित्वले उनलाई अलग बनाएको थियो । सह–प्रतियोगीले पनि टास्कका क्रममा उनको इमानदारी र दृढताप्रति खुलेर प्रशंसा गरेका थिए ।

उनको एलिमिनेसन सिजनकै सबैभन्दा भावुक क्षणमध्ये एक बनेको थियो । होस्ट सन्नी लियोनी उनलाई विदा गर्दा निकै भावुक देखिएकी थिइन् र अँगालो हालेकी थिइन् भने सह–होस्ट निखिल चिनापाले पनि उनलाई अँगालो हालेका थिए ।

उनको निधनको खबरपछि धेरैले सामाजिक सञ्जालमा ती क्षणहरू पुनः सम्झिँदै अविश्वास र दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?