News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गरी खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको छ।
- कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा बढी १३८ बुलेट ग्यास नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो।
- निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको र आपूर्ति व्यवस्थालाई नियमित बनाएको छ।
१३ फागुन, काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ ।
निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
कार्यकारी निर्देशक भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि मंगलबार यो वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको छ ।
हिजो मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ । यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो ।
निगमका अनुसार बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको छ ।
कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित बनाइएको बताए ।
‘हामीले निर्वाचनलाई ध्यानमा राखेर उच्च परिमाणमा ग्यास आयात गरिरहेका छौं,’ भट्टले भने, ‘निर्वाचनको समयमा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउनेछन्, आपूर्तिका सम्बन्धमा ढुक्क हुन आग्रह गर्दछु ।’
प्रतिक्रिया 4