+
+
Shares

श्रम गरे मात्रै देश बन्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम र उत्पादनमुखी संस्कृतिबाट मात्रै देश बन्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १५:१४

१३ फागुन, सिरहा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम र उत्पादनमुखी संस्कृतिबाट मात्रै देश बन्ने बताएका छन् ।

सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्टन्ट र देखावटी नभई, इमान्दार श्रमले राष्ट्र निर्माण सम्भव हुन्छ भन्ने धारणा राखेका छ्न ।

श्रम सांस्कृतिक पार्टीका सभापति समेत रहेका साम्पाङले युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा जोडिन आग्रह गरे।

उनले राजनीतिमा लोकप्रियता भन्दा पनि परिणाममुखी काम आवश्यक रहेको बताउँदै श्रमलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई उनले गाउँ-गाउँमा श्रम अभियान सञ्चालन गर्न निर्देशन दिँदै विकासको आधार आत्मनिर्भरता र श्रम नै भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?