+
+
Shares

मर्यादा नमिलेको भन्दै निर्वाचनमा खटिएका कर्मचारीले गरे सेवा सुविधा बहिष्कार

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै खटाइएका केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन्।
  • मोलुङ र सुनकोशी गाउँपालिकाका कर्मचारीहरूले मर्यादाक्रम विपरीत जिम्मेवारी दिइएको भन्दै निर्वाचनमा काम गर्ने तर सेवा सुविधा नलिने घोषणा गरेका छन्।
  • कार्यालयले असन्तुष्ट कर्मचारीसँग छलफल गरी काममा अनिवार्य जान भनिएको छ भने कर्मचारीहरूले मर्यादाक्रम अनुसार जिम्मेवारी नभए सेवा सुविधा अस्वीकार गर्ने अडान राखेका छन्।

१३ फागुन, ओखलढुंगा- प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै खटाइएका केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगालाई जानकारी गराउँदै मर्यादाक्रम अनुसार जिम्मेवारी नदिएपछि केही कर्मचारीहरूले निर्वाचनमा नजाने घोषणा गरेका थिए । कार्यालयले केही सूची संशोधन गरे पनि माग पूरा नभएपछि उनीहरुले सेवा सुविधा अस्वीकार गर्ने तर काममा भने खटिने बताएका हुन् ।

लिखित रुपमै उनीहरुले प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएको मोलुङ गाउँपालिकाका कर्मचारी प्रकाश ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न स्थानीय तहका कर्मचारी खटाउने क्रममा पदअनुसारको मयार्दा क्रम नमिलेको भन्दै उनीहरुले संयुक्तरुपमा लिखित असहमति पेस गरेका थिए ।

यस विषयमा फागुन १२ गते कर्मचारीको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलमा खटाइएका कर्मचारीहरूले पदीय मयार्दा विपरीत जिम्मेवारी दिइएको भन्दै सच्याउन माग गरेका थिए। तर समय अभावका कारण मयार्दा मिलाउन नसकिएको जवाफ पाएपछि कर्मचारीहरूले असन्तुष्टि जनाइरहेका छन् ।

असहमति जनाउने कर्मचारीहरूमा मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारी रहेका छन् । उनीहरूले निर्वाचनमा जिम्मेवारी पूरा गर्न तयार रहे पनि मयार्दा नमिलाइ खटाइएको अवस्थामा कुनै अतिरिक्त आर्थिक सुविधा नलिने घोषणा गरेका हुन् ।

संयुक्त रूपमा हस्ताक्षर गरिएको निवेदनमा कर्मचारीहरूले राज्यले तोकेको दायित्व निर्वाह गर्ने तर पदीय सम्मान विपरीत खटाइकोले सेवा सुविधा स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । साथै आगामी दिनमा कर्मचारी व्यवस्थापन गर्दा मयार्दा, अनुभव र जिम्मेवारीको स्पष्ट आधार तय गर्न माग गरिएको छ ।

कार्यालयका अनुसार कर्मचारी असन्तुष्टिबारे छलफल गरी काममा अनिवार्य जान र निर्वाचनमा सहयोग गर्न भनिएको छ । उनीहरुले मर्यादाक्रम अनुसारको जिम्मेवारी नभएमा काम गर्ने तर सेवा सुविधा अस्वीकार गर्ने अडान यथावत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?