+
+
Shares

रास्वपा सरकारले भ्रष्टाचारको जरा उखेल्छ : लामिछाने

‘रास्वपाको सरकारले भ्रष्टाचारको जरा उखेल्छ । र, सबैभन्दा बढी भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छ,’ उनले भने ।

विजयकुमार सिंह विजयकुमार सिंह
२०८२ फागुन १३ गते १७:२५

१३ फागुन, महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने रास्वपाको सरकार भ्रष्टाचारको विषयमा सबैभन्दा बढी निर्मम हुने बताएका छन् । मधेश यात्राका क्रममा बुधबार महोत्तरीको बर्दिबासमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘रास्वपाको सरकारले भ्रष्टाचारको जरा उखेल्छ । र, सबैभन्दा बढी भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छ,’ उनले भने ।

मुलुकमा बेरोजगारी बढेको, विकास निर्माणमा ढिलासुस्ती भएको जस्ता समस्यामा पनि रास्वपा सरकार गम्भीर भएर काम गर्ने उनले बताए । ‘कर्मचारीतन्त्रमा समस्या छ, किसान-मजदुरलाई समस्या, हरेक ठाउँमा समस्या समस्यै छ,’ सभापति लामिछानेले भने, ‘ती सबै समस्या समाधान गर्न पाँच वर्षको लागि रास्वपाको स्थायी सरकार चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?