News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं–२ का कांग्रेस उम्मेद्वार कबिर शर्माले निर्वाचित भएपछि हरेक तीन महिनामा आफ्नो प्रतिवद्धताको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्।
- शंखरापुरको घरदैलोमा शर्माले मतदातालाई २६ प्रतिवद्धताको प्रगति विवरण दिने घोषणा गरेका छन्।
- शर्माले भने, 'नेताहरुले चुनाव जितेर गएपछि अनुहार नदेखाउने प्रवृतिको अन्त्य हुनुपर्छ' र जनताको सम्पर्कमा रहने बाचा गरेका छन्।
१३ फागुन, काठमाडौं । काठमाडौं–२ का कांग्रेस उम्मेद्वार कबिर शर्माले आफू निर्वाचित भएपछि हरेक तीन महिनामा प्रतिवद्धताको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार शंखरापुरको घरदैलोमा पुगेका उनले मतदातामाझ आफूले अघि सारेका २६ प्रतिवद्धताको प्रगति विवरण दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘नेताहरुले चुनाव जितेर गएपछि अनुहार नदेखाउने प्रवृतिको अन्त्य हुनुपर्छ । म प्रतिनिधिसभामा गएपछि जनताको आवाज कसरी उठाइरहेको छु र मेरा प्रतिवद्धताहरु कुन चरणमा छन् भन्ने कुराको हिसाव हरेक तीन महिनामा सार्वजनिक गर्नेछु ।’
कतिपय मतदाताहरुले उनलाई जितेर गएपछि फर्केर नआउने हो कि भनी शंका गरेका थिए । उनले त्यसको जवाफमा ‘जनताबाट चुनिएर गएकाहरु जनताकै सम्पर्कमा आउने’ बाचा गरेका थिए ।
उनले मतदाताहरुसँग थपे, ‘म भूगोल बुझेको मान्छे हुँ, यहाँका रहेक गल्ली र वस्तीका समस्या मसँग ठोक्किएका छन् । म आश्वासन मात्र दिन्न, ती समस्या समाधान गर्ने बैज्ञानिक खाका र इच्छाशक्ति पनि मसँग छ ।’
प्रतिक्रिया 4