+
+
Shares

रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिजलाइन इनर्जीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो।
  • २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएकोमा १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
  • कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ।

१४ फागुन, काठमाडौं । रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बिहीबार आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणालीमा केही बेरपछि हेर्न सकिनेछ ।

करिब २४ लाख १९ हजारको हात रित्तो भएको छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ ।
यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?