+
+
Shares

रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १३:३२

१४ फागुन, काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे ।

नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको उनले बताए ।

रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।

ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए ।

चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको छ ।

रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट थिए ।

सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्याग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?