+
+
Shares

खानी अन्वेषणका नाममा जग्गा ओगट्ने प्रवृत्ति, रोक लगाउन क्षेत्र निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानी तथा भूगर्भ विभागले धातुजन्य खनिज पदार्थको खोजतलासका लागि अधिकतम ३५ वर्ग किलोमिटर क्षेत्रमात्र अनुमति दिने निर्णय गरेको छ।
  • विद्यमान नियमावली २०५६ अनुसार खोजतलास क्षेत्र ०.२५ देखि २५० वर्ग किलोमिटरसम्म तोकिन सक्ने अधिकार छ।
  • विभागका जियोलोजिष्ट प्रफुल्ल ताम्राकारले ठूलो क्षेत्रफलमा खोजतलास माग गर्ने प्रवृत्ति बढेको र यसलाई रोक्न क्षेत्र सीमित गरिएको बताए।

१४ फागुन, काठमाडौं । धातुजन्य खनिज पदार्थको अन्वेषण र खोजतलासका नाममा जग्गा ओगट्ने प्रवृत्ति बढेसँगै सरकारले अंकुश लगाएको छ ।

खानी तथा भूगर्भ विभागले यस्ता खानीको खोजतलास गर्दा अब अधिकतम ३५ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र माग गर्न नपाउने गरी अंकुश लगाएको छ । विभागका अनुसार विद्यमान खानी तथा खनिज पदार्थ नियमावली २०५६ ले घटीमा ०.२५ र बढीमा २५० वर्गकिलोमिटरसम्मको क्षेत्र तोक्न सक्ने अधिकार दिएको छ ।

सोही कानुनलाई टेक्दै धातुजन्त खनिज पदार्थको खोजतलास अनुमति पत्रमा ठूलो क्षेत्रफलका लागि माग निवेदन दिने प्रवृत्ति बढेको विभागका जियोलोजिष्ट प्रफुल्ल ताम्राकारले जानकारी दिएका छन् ।

उनका अनुसार विभागबाट सबै क्षेत्रमा भौगर्भिक अध्ययन तथा नक्साङ्कन र खनिज अन्वेषण कार्य प्रारम्भिक रुपमा समेत सम्पन्न भइनसकेका कारण हाललाई धातुजन्य खनिज पदार्थ खोजतलास कार्य गर्न अनुमति माग क्षेत्र सीमित गर्ने निष्कर्षमा पुगिएको हो ।

विभागले अन्वेषणका लागि रोक्का राखेको क्षेत्र समेत सीमित रहेको र अहिले ठूलो क्षेत्रफलमा खोजतलास माग गरी सो अनुमतिपछि क्षेत्र ओगट्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष सरकारको छ । यस कार्यलाई निरुत्साहित गर्न क्षेत्र तोकिएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?