+

राष्ट्रिय लिग फुटबल : जिलेस्पीको दुई गोलमा आर्मी विजयी

२०८२ फागुन  १४ गते २०:०९ २०८२ फागुन १४ गते २०:०९
राष्ट्रिय लिग फुटबल : जिलेस्पीको दुई गोलमा आर्मी विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा जिलेस्पीजंग कार्कीको दुई गोल मदतमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ।
  • नेपाल पुलिस क्लबले नव जनजागृति युवा क्लबलाई ७-० ले पराजित गर्दै लिगकै फराकिलो जित हात पारेको छ।
  • प्लानिङ ब्वाइज र एनआरटीले दोस्रो खेलमा १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

१४ फागुन, काठमाडौं । जिलेस्पीजंग कार्कीको दुई गोल मदतमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा बिहीबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लडलाइटमूनि बेलुका भएको खेलमा आर्मीका लागि जिलेस्पीले दुवै हाफमा गोल गरे ।

जिलेस्पीले पहिलो हाफको ४४औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट दायाँ पोस्टमा उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दिलाएका थिए । यस्तै उनले ८०औं मिनेटमा हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

यो जितपछि आर्मी १४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । ७ खेल खेल्दा आर्मीको यो चौथो जित हो । लगातार पाँच खेलमा अपराजित आर्मी अघिल्लो खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित हुँदा अपराजित यात्रामा ब्रेक लागेको थियो । तर जावलाखेललाई पराजित गर्दै आर्मीले फेरि जितको लय लिएको छ ।

चौथो हार व्यहोरेको जावलाखेलको भने ७ खेलबाट ९ अंकसहित आठौं स्थानमै छ ।

बिहीबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले यस लिगकै फराकिलो जित हात पार्ने क्रममा नव जनजागृति युवा क्लबलाई ७-० ले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा प्लानिङ ब्वाइज र एनआरटीले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय