+
+
Shares

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १३:५४

उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य १९ जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्यास–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बीचमा विस्फोट भएको थियो ।

अकमोला क्षेत्रको बुराबे जिल्लाको आवासीय भवनमा जोडिएको एक तले क्याफेमा आगलागी भए पछि उक्त विस्फोट भएको जनाइएको छ ।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आईसकेको क्षेत्रीय आपतकालीन विभागले जनाएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार आगलागीका कारण पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते मध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । धेरैजसो पीडितहरू गम्भीर रुपमा जलेको जनाइएको छ ।

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?