+
+
Shares

बालेनले भने- चितवनले देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ

‘हाम्रो चितवनका थारु समुदायका होमस्टे र रिसोर्टले देख्न सकिन्छ, कि यहाँ उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरा कसरी टुरिजम प्रमोसन गर्नुभएको छ,’ बालेनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १५:२४

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले चितवनले देशलाई पर्यटन प्रवर्धन सिकाउनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।

‘हाम्रो चितवनका थारु समुदायका होमस्टे र रिसोर्टले देख्न सकिन्छ, कि यहाँ उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरा कसरी टुरिजम प्रमोसन गर्नुभएको छ,’ बालेनले भने, ‘त्यसले विश्वले सिकेको छ । यो हेर्दा चितवनले टुरिजम देशलाई सिकाउनुपर्छ ।’

चितवनको तरकारी, दूध विचौलियाका कारण मूल्य नपाएको उनले दाबी गरे । भारतको उत्पादन रोकेर नेपालकै उत्पादनलाई नै बजार दिने हो भने चितवनका किसानले मनग्य फाइदा उठाउनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?