+
+
Shares

चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १०:५६

१६ फागुन, हुम्ला । प्रतिनिधि सभा निर्वाचन नजिकिँद‌ै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ ।

चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका-६ को  लिमी लाप्चामा पैदल गस्ती गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका- ५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

निर्वाचन नजिक आउँदा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।

दुर्गम क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पैदल गस्तीमा खटिएको डिएसपी खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?