+
+
Shares

म्युजिक भिडियोको फोटो सेयर गदै विपिन : पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विपिन कार्कीले मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेका पात्रको फोटो फेसबुकमा सेयर गर्दै 'पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन' भने।
  • उक्त फोटो ९ महिनाअघि रिलिज भएको म्युजिक भिडियो 'परित्याग' बाट लिइएको हो र धेरैले यसको प्रशंसा गरेका छन्।
  • विपिन कार्की आगामी प्रतिनिधिसभा निर्वाचनपछि फिल्म 'काजी' को छायांकनमा लाग्ने र मोरङ-३ बाट मतदान गर्न गृहथलो विराटनगर जाने योजना बनाएका छन्।

काठमाडौं । अभिनेता विपिन कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा फोटो पोस्ट गरे । ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन’ भन्दै उनले उक्त फोटो सेयर गरेका थिए ।

यसबाहेक धेरै कुरा खुलाएका छैनन् । उनको यो फोटो अर्थपूर्ण पनि देखिन्छ । ५७ हजारभन्दा धेरै लाइक, १५ हजार कमेन्ट र १८३ पटक यसको सेयर भएको छ ।

प्रशंसकदेखि फिल्मकर्मीले विपिनको यो हुलियाको प्रशंसा गरेका छन् । हुन पनि, उनी जुनसुकै चरित्रलाई जीवन्तरुपमा चित्रण गर्नसक्ने निपुण अभिनेता हुन् ।

धेरैलाई लाग्ला, विपिनको यो नयाँ अवतार आगामी एक फिल्मको होला । तर, उक्त फोटो फिल्मको भने होइन । ९ महिनाअघि युट्युबमा आइसकेको म्युजिक भिडियो ‘परित्याग’ बाट लिइएको फोटोलाई विपिनले सेयर गरेका हुन् ।

उक्त भिडियोमा विपिनले मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेका एक पात्रको भूमिका निर्वाह गरिरहेका छन् । सडकमा जीवन बिताउन बाध्य व्यक्तिको मर्मस्पर्शी जीवनलाई उनले भिडियोमा चित्रण गरेका छन् ।

‘यो भिडियो रिलिज भएको कसैलाई थाहा थिएन । त्यसैको फोटो हो त्यो’ विपिनले अनलाइनखबरसँग भने ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लगत्तै विपिन आगामी फिल्म ‘काजी’ को छायांकनमा ब्यस्त हुनेछन् । यसबाहेक उनी, मतदान गर्न गृहथलो विराटनगर जाँदैछन् । उनी मोरङ-३ का मतदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?