१७ फागुन, काठमाडौं । पेस्तोल र लागुऔषधसहित २ जना चाबहिलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भएका ५३ वर्षीय टकबहादुर गुरुङ र सोही गाउँपालिका–७ का ७० वर्षीय दिलबहादुर गुरुङ छन् ।
उनीहरूलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले चाबहिलबाट पक्राउ गरेको हो ।
उनीहरूबाट ९एमएम लेखिएको एक थान पेस्तोल, त्यसको म्यागजिन र ३०१ ग्राम एम्फेटामाइन लागुऔषध, डिजिटल तराजु बरामद भएको छ ।
पक्राउ परेकामध्ये दिलबहादुर १९ माघ २०७२ मा चरेशसहित पक्राउ परेर ४ वर्ष कैद र ८० हजार जरिवाना तोकिएका व्यक्ति हुन् । उनी तोकिएको सजाय भुक्तान गरेर कारागार मुक्त भएपछि फेरि त्यस्तै धन्दामा लागेको पाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4