+
+
Shares

रुपन्देही-२ मा कांग्रेसलाई सघाउने निर्णय लिएका थापालाई राप्रपाले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते २१:१३

१७ फागुन, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापालाई पार्टीले कारबाही गरेको छ ।

पार्टी हितविपरीत क्रियाकलाप गरेको भन्दै उनलाई पार्टीले कारबाही गरेको जिल्ला सभापति सागर प्रताप राणाले जानकारी दिए ।

आर्थिक प्रलोभनमा परेर उनले नेपाली कांग्रेसका उम्मेदवार चन्नुप्रसाद पौडेललाई सहयोग गरेको राप्रपाले आरोप लगाएको छ ।

थापा टिकट नपाएपछि असन्तुष्ट थिए । पार्टीले भने कार्भिका थापालाई टिकट दिएको थियो । थापाले अमेरिकाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?