+
+
Shares

मनाइयो होली (तस्वीरहरू)

होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।

विकास श्रेष्ठ आर्यन धिमाल चन्द्रबहादुर आले विकास श्रेष्ठ, आर्यन धिमाल, चन्द्रबहादुर आले
२०८२ फागुन १८ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन १८ गते काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइएको छ।
  • फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा होली मनाउने परम्परा छ।
  • होली पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ।

१८ फागुन, काठमाडौं । फागुपूर्णिमा (होली) आज पहाडी र हिमाली जिल्लामा मनाइएको छ । काठमाडौं उपत्यकामा पनि विभिन्न क्षेत्रमा आपसमा रङ दलेर पर्व मनाइएको हो ।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, टुँडिखेल, ठमेल, दरबारमार्गलगायत उपत्यकाका विभिन्न क्षेत्रमा धुमधाम होली मनाइएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।

लेखक
विकास श्रेष्ठ

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?