+
+
Shares

रुकुमपूर्वका मतदानस्थलमा निर्वाचन सामग्री पुर्‍याउन महाभारत

​जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ फागुन १९ गते ८:३१

१९ फागुन, रोल्पा । भौगोलिक विकटताका कारण रुकुममा निर्वाचन गराउन सहज छैन । नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवार रहेको रुकुममा कर्मचारीहरु दु:खका साथ मतदानस्थलमा पुगेका छन्।

सदरमुकाम रुकुमकोटबाट मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्‍यान निकै मुस्किल छ । ​जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् ।

पहिलो दिन कच्ची सडकबाट सानो गाडी (जीप)को यात्रा गर्न सकिन्छ । दोस्रो दिनको यात्रा झनै कडिन छ र। ‘जीपबाट ओर्लिएपछि सुरु हुन्छ असली परीक्ष’, एक कर्मचारी भन्छन्, ‘दिनभर भीरको बाटो, साँघुरो गोरेटो र कतै त डोरीको सहारामा हिँड्नुपर्ने अवस्था छ । मतपेटिका बोकेर ती भीरहरू काट्नु भनेको ज्यान हत्केलामा राखेर हिँड्नु हो ।’

यस्तै नियति सिस्ने गाउँपालिका–१, पाखापानीको पनि छ, जहाँ राज्यको उपस्थिति चुनावी बेला मात्र देखिने गरेको स्थानीयको गुनासो छ ।

लुम्बिनीको एउटा मात्रै हिमाल जिल्लामा यसपटक नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

जम्मा ३४ हजार ७७२ मतदाता रहेको यस जिल्लामा ४४ मतदानस्थल र ५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

भौगोलिक विकटता भए पनि मताधिकार प्रयोग गर्न आतुर मतदाताहरू भने उम्मेदवारका प्रतिबद्धता र विगतको समीक्षा गरिरहेका छन् ।

भौगोलिक रूपमा विकट यहाँको पुथा उत्तरगंगा गाउँपालिकामा उल्लेख्य संख्यामा मतदाता रहेका छन् ।  वडागत रूपमा हेर्दा यहाँको वडा नं. १० (तकसेरा र घुम्लिबाङ क्षेत्र) मा १५१० मतदाता रहेका छन्, जुन यस पालिकाको उच्च संख्या हो ।

त्यस्तै वडा नं. १२ (कोल) मा १ हजार ३८१ मतदाता छन् भने वडा नं. १४ (राङसी) मा ११२६ मतदाता रहेका छन् ।

वडा नं. १ (मैकोट) मा ९६१, वडा नं. २ मा ५२३, वडा नं. ५ मा ८७० र वडा नं. ११ मा १२७५ मतदाता रहेका छन् । तुलनात्मक रूपमा कम मतदाता रहेको वडा नं. ७ (खारखोला र जाङ) मा ४७८ र वडा नं. ६ (मयाङ) मा ३६७ मतदाता रहेका छन् ।

त्यस्तै, भूमे गाउँपालिकातर्फ हेर्दा वडा नं. ९ (चुनवाङ र सिमचौर) मा मतदाताको संख्या बाक्लो देखिएको छ, जहाँ कुल १९७७ मतदाता छन् । वडा नं. ३ (सिमा) मा १६१६ र वडा नं. १ (लुकुम) मा १४७८ मतदाताले मतदान गर्नेछन् ।

वडा नं. ८ (कुचिवाङ र भोटिसमलचौर) मा १४९५ मतदाता रहँदा वडा नं. २ (काक्री) मा १४२१ मतदाता सूचीकृत छन् । भूमे गाउँपालिकाको वडा नं. ७ (गुनाम र धर्मशाला) मा भने ८७३ मतदाता रहेका छन् ।

सिस्ने गाउँपालिकामा मतदाताको चाप अझ बढी देखिन्छ । विशेष गरी वडा नं. ५ (रुकुमकोट) मा जिल्लाकै सबैभन्दा धेरै २२५७ मतदाता रहेका छन्, जसका लागि रुक्मिणी मा.वि.मा तीन वटा मतदान केन्द्र (क, ख, ग) तोकिएको छ ।

वडा नं. ६ (छिप्रिदह र खोपिचार) मा १७९२ मतदाता छन् । त्यस्तै वडा नं. ४ (नयाँढाका र झाक्रिपोले) मा १६३४ मतदाता रहँदा वडा नं. ३ (पोखरा) मा १३९७ मतदाता रहेका छन् । सिस्नेको वडा नं. १ मा ९८० र वडा नं. ७ मा ९७६ मतदाता रहेका छन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?