News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ओभरस्टे भए पनि जरिबाना नलाग्ने दूतावासले सूचना जारी गरेको छ।
- दूतावासले यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिन अनुरोध गरेको छ।
- इरान–इजरायल–अमेरिकाबीचको द्वन्द्वमा यूएईको आबुधाबी विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा २९ वर्षीय नेपाली दिवस श्रेष्ठको मृत्यु भएको छ।
१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो ।
दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिन समेत अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले जारी गरेको अनलाइन पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिन दूतावासले अनुरोध गरेको हो ।
गत शनिवारदेखि इजरायल–अमेरिकाले इरानमा हवाई आक्रमण गर्दै आएका छन् । इरानले प्रतिआक्रमणको रूपमा इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गर्दै आएको छ ।
शनिबार नै गरेको हवाई आक्रमणमा यूएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपालीको मृत्यु भएको थियो । मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया 4