+
+
Shares

प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण : निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानसेनापति अशोकराज सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण गरेका छन्।
  • सिग्देलले निर्वाचनको सुरक्षा र समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए।
  • उनीहरूले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिएका छन् र यसअघि ७ पृतनाको निरीक्षण गरिसकेका छन्।

१९ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् ।

मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

यससँगै उनले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिए । यसअघि प्रधानसेनापति सिग्देलले ७ पृतनाको निरीक्षण गरिसकेका थिए ।

उपत्यका पृतनासहित सेनाका ८ पृतना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?