+
+
Shares

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेमाक्रेटिक रिपब्लिक अफ कंगोमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
  • चण्डीदल गणको ३१ औं डफ्ला र भीमकाली गुल्मको चौथो डफ्फालाई रुद्रध्वज गणको ३२ औं डफ्फा र रणशुर गुल्मको पाँचौं डफ्फाले बदली गरेको छ।
  • २३८ शान्ति सैनिकको अन्तिम टोली १८ फागुनमा मिसन इलाकातर्फ प्रस्थान गरेको र सोही दिन स्वदेश फर्केको छ।

१९ फागुन, काठमाडौं । डेमाक्रेटिक रिपल्बिक अफ कंगोमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा कंगोमा खटिएको चण्डीदल गणको ३१ औं डफ्ला र भीमकाली गुल्मको चौथो डफ्फालाई रुद्रध्वज गणको ३२ औं डफ्फा र रणशुर गुल्मको पाँचौं डफ्फाले बदली गरेको हो ।

२३८ शान्ति सैनिकको अन्तिम टोली १८ फागुनमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ । उक्त मिसनबाट आफ्नो कार्यकाल पूरा गरेर २३८ शान्ति सैनिक १८ फागुनमै स्वदेश फर्केका थिए ।

हालसम्म उक्त मिसनमा नेपाली सेनाका ९६९ शान्ति सैनिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?