+
+
Shares

ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको कन्सुलर सेवा विभागले यूएईमा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको जनाएको छ।
  • परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएका छन्।
  • यूएईमा रोकिएका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ।

२० फागुन, काठमाडौं । ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ ।

नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

त्यसका लागि विभागले अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएका छन् । यो संख्या हजारसम्म पुग्ने अनुमान गरिएको सहसचिव खड्काले बताए ।

अबुधाबी र कुवेतबाट प्राप्त जानकारी अनुसार लगभग साढे २ सय नेपाली ट्रान्जिटमा परेका हुन् । हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेको भन्दै उनले नेपाल ल्याउने अथवा गन्तव्यमा पठाउने जिम्मेवारी समेत सम्बन्धित एयरलायन्सकै हुने बताए ।

त्यहाँको हवाई उडान नखुलेसम्म अस्थायी रूपमा खाना बस्नको व्यवस्था मिलाइएको र आकाश खुल्ने वित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पुर्‍याइने काम भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?