+
+
Shares

सोबिताले चितवनबाट गरिन् मतदान, भनिन्- निर्वाचन निष्पक्ष होस्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:१८

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् ।

चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ ।’

उनले अगाडि भनिन्, ‘मैले भोट हालें । सबैले हाल्नुहोस् ।’

चितवन क्षेत्र नम्बर ३ बाट गौतमसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहाल पनि चुनावी मैदानमा छिन् । जसका कारण यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?