+
+
Shares

रेनुले गरिन् मतदान, भनिन्- धेरै उत्साहित छु

मतदान गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘भयरहित ढंगबाट, निष्पक्ष जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन । मैले पनि मतदान गरें । म धेरै उत्साहित छु । खुसी छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:००

२१ फागुन, काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित सुन्दरबस्ती स्कुलबाट मतदान गरेकी छन् ।

नेकपाबाट चितवन क्षेत्र नम्बर-३ मा उम्मेदवार समेत रहेकी दाहाल सुन्दरबस्ती स्कुल मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

मतदान गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘भयरहित ढंगबाट, निष्पक्ष जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन । मैले पनि मतदान गरें । म धेरै उत्साहित छु । खुसी छु ।’

उनले अगाडि भनिन्, ‘आफ्नो अमूल्य मत चाहिँ योग्य उम्मेदवारलाई मतदान गर्नुस् । योग्य व्यक्ति छान्नुस् । खासगरेर काम गर्न सक्ने, कामबाट प्रमाणित भको र इमान्दर जनप्रतिनिधि जो जनताको स्वच्छ प्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ । त्यसका कारण आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारलाई विवेकको प्रयोग गर्नुहोस् । यसलाई आवेगमा आएर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नहोस् ।’

यो क्षेत्रबाट दाहालसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम पनि चुनावी प्रतिस्पर्धामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?