+
+
Shares

कैलालीका १०७ वर्षीय जनकलालले गरे मतदान

कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्य चयनका लागि जारी निर्वाचनमा १०७ वर्षीय जनकलाल दाहालले कैलालीको धनगढीस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
  • गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले बिहीबार प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ।
  • उदयपुरका १०२ वर्षीय अमृतबहादुर कार्कीले पनि नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।

२१ फागुन, कैलाली । प्रतिनिधिसभा सदस्य चयन गर्न जारी निर्वाचनमा १०७ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गरेका छन् ।

कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान हुँदैछ ।

यसअघि, आजै उदयपुरका १०२ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका थिए । उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (क) मा पुगेर मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?